आफ्नै गीतमा परमिताले गाइन् कन्सर्ट, हेर्नूस तस्विरहरु

0

परमिता राणाको परिचयमा अर्को प्वाँख थपिएको छ । यी अभिनेत्री, मोडल अब गायिका बनेकी छन् । बक्सअफिसमा हिट ‘चपली हाइट २’ अभिनेत्रीको दुई सोलो एल्बम रिलिज हुँदैछन् ।

सप्ताहन्तमा यी डिभाले आफ्ना गीतमा कन्सर्ट प्रस्तुत गरिन् । आगामी अगस्टमा उनीद्धारा स्वरबद्ध रोयल र योङ किङ एल्बम एकसाथ रिलिज हुँदैछन् । नौ गीत समावेश हुने एल्बममा चार गीत रेकर्ड भैसकेका छन् ।

रेकर्ड भएका ती चार गीतलाई त्रिपुरेश्वरस्थित कर्मा लाउन्जमा परमिताले गाएर सुनाइन् । सेलेब्स, मिडिया र फ्यानमाझ उनले गायकी पस्किइन् । उनलाई गाउन दुई र्‍यापर नास्टी र भिजनले सघाए । नास्टीसँग मिलेर परमिताले गीत पनि लेखेकी छन् ।

उनी आफ्नो बेग्लै जानरा सिर्जना गर्न चाहन्छिन् जसलाई इडीएम नाम दिइएको छ । इलेक्ट्रोनिक र फ्युजन मिश्रण गरेर इडीएम जानराको विकास गर्ने राणाको कम्पनी टेक म्यानेजमेन्ट सर्भिसकी सीइओ विपश्यना श्रेष्ठले बताइन् । लाइट् इफेक्ट्स र पार्टी चराहरुसँगै परमिताले लेटनाइट कन्सर्ट प्रस्तुत गरिन् ।

फिल्म लेख्दै परमिता
यी एक्ट्रेस फिल्म समेत लेख्दैछिन् । उनको फिल्मलाई अर्जुन कुमारले निर्माण गर्ने वचन दिएका छन् । ‘म आफ्नै ढंगमा स्क्रिप्ट लेखिरहेकी छु’ उनले भनिन्, ‘अरु काम सँगै स्क्रिप्टमा समेत व्यस्त छु ।’

Share.

About Author

Leave A Reply