मिस नेपाल भन्छिन् : म देशकै मिस नेपाल (भिडियो)

0

मिस नेपालको ताज जितेसँगै निकिता चाण्डकलाई सामाजिक संजालमा मधेशी भएको भन्दै व्यापक टिप्पणी भयो । तर, यसबारे यी सुन्दरीलाई केही भन्नूछ ।

मेरोसिनेमासँगको अन्तवार्तामा चाण्डकले आफू कुनै भूगोल, जातिय र धर्मको मिस नेपाल नभई देशकै मिस नेपाल भएको बताएकी छन् । उनले पहिले आफू नेपाली भएको समेत बताइन् ।

‘म यसबारेमा केही टिप्पणी गर्न चाहन्न । म देशकै मिस नेपाल हुँ । कोही व्यक्ति कहाँबाट आयो वा आएन त्यो महत्वपूर्ण होइन । हामी पहिले मान्छे हौं र देश आउँछ’ उनले भनिन् ।

आफू मिस नेपालको अवधि समाप्त भएपछि चलचित्रमा लाग्ने योजनामा रहेको बताउँदै उनले आयुष्मान देशराज जोशीसँग पर्दामा रोमान्स गर्न मन लागेको समेत खुलाइन् ।

मिस नेपाल प्रतियोगिताका अन्य टाइटल होल्डर सुन्दरीहरुले पनि यसबारे बोलेका छन् । हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply