लाउरे : क्लाइमेक्स छायांकनका एक्सक्लुसिभ तस्विरहरु

0

विहिबार दरबारमार्गस्थित क्लब देजा भु विहानैदेखि टीनएज र सेलेव्रिटीले खचाखच थियो । जोडीहरु मदिरा र डान्समा रत्तिएका देखिन्थे । बारमा सृष्टि श्रेष्ठ, नरेन लिम्बु र विक्रम सिंह पनि मदिराले लठ्ठ थिए ।

चारसय ठिटाठिटीको हुल अंग्रेजी गीतमा जुरुक जुरुक थियो । त्यही हुलमा भेटिए फिल्म निर्माता सुनिल रावल । एकाविहानै यी निर्माता एवं अभिनेता आफ्नो पछिल्लो सिनेमा लाउरेको क्लाइमेक्स छायांकनका लागि क्लबमा आएका थिए । धरानको सेटिङमा क्लाइमेक्स सुट देजा भुमै गरिएको हो ।

आठौं दिनमा क्लाइमेक्स छायांकन गरिएको हो । डेढकरोड बजेटको फिल्मलाई निगम श्रेष्ठ निर्देशन गर्दै थिए । भारतीय प्राविधिकहरु समेत उपस्थित सेटमा श्रेष्ठले एक्सन कट् भन्दै थिए । कार्यकारी निर्माता बुद्धिलाल मगरले पार्टीको माहौलमा क्लाइमेक्स सुट गरिएको बताए ।

हुलमै भेटिइन् मिरुना मगर पनि । यी लन्डन गर्लका लागि लाउरे दोस्रो प्रोजेक्ट हो । उनले फिल्म छायांकनमा रमाइलो भैरहेको बताइन् । भूमिका खुलाउन नचाहे पनि सृष्टि भने एक धराने युवतीको रोलमा देखिनेछिन् ।

अभिनयमा डेब्यु गरेका गायक लिम्बु विस्तृत बोल्न चाहेनन् यद्यपी अभिनयमा आफू डुबेको बताए । धरान र काठमाडौंमा सुट गरिने सिनेमालाई कमेडी एक्सन जानरामा राखिएको छ ।

Share.

About Author

Leave A Reply