निशा र शरदबीच असार १८ मा विहे, यसरी हुँदैछ प्रीतिभोज

0

क्रिकेटर शरद भेषवाकर र अभिनेत्री निशा अधिकारीलाई बधाई । अन्ततः शरद निशाद्धारा ‘क्लिनबोल्ड’ हुँदैछन् । यी दुईले लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्न लागेका हुन् ।

मेरोसिनेमालाई प्राप्त विवरणअनुसार आगामी असार १८ गते यी दुईबीच पारिवारिक माहौलमा भव्य विहे समारोह हुँदैछ । उक्त दिन बेलुका शरदको परिवारको तर्फबाट प्रीतिभोजको कार्यक्रम पनि राखिएको छ । राजधानीको एक व्यांकिट उक्त मितिका लागि बुक्ड भैसकेको छ ।

हिन्दु परम्परा र दुबै पक्षको पारिवारिक सहमतिमा निशा र शरदले विहे गर्न लागेका हुन् । विहेका लागि निम्तो कार्ड समेत छापिइसकेको छ । जसमा शरदकी आमा हिमाली भेषवाकरलाई प्रार्थी राखिएको स्रोत बताउँछ ।

शरद र निशा केही वर्षदेखि प्रेम सम्बन्धमा छन् । सार्वजनिकरुपमा नखुलेपनि उनीहरु पटक-पटक डेटमा मिडियाद्धारा स्पटेड छन् । यो जोडीलाई हाम्रो तर्फबाट दाम्पत्य जीवनको अग्रिम शुभकामना र बधाई !!

Share.

About Author

Leave A Reply