सरोगेसी एजेन्डामा ‘कारखाना’, निर्देशक र अभिनेता के भन्छन् ?

0

सरोगेसी (भाडाको कोखमा बच्चा जन्माउने प्रक्रिया)लाई सरकारले आठ महिनाअघि प्रतिबन्ध लगायो । नेपाल दक्षिण एसियामै सरोगेसी स्वर्ग बनेको खबर अन्तराष्ट्रिय मिडियाले छापे ।

करोडौं कारोबार हुने भएकाले ठूलै गिरोह उक्त कार्यमा संलग्न भएको पाइयो । अब उक्त कथावस्तुमाथि सिनेमा ‘कारखाना’ बनेको छ । दर्शकले शुक्रबार सिनेमा हेर्न पाउनेछन् । अमरदीप सापकोटा निर्देशित सिनेमाले यही विषयवस्तुलाई चिरफार प्रयत्न गरेको छ ।

लामो अनुसन्धान र जोखिमसँगै सिनेमा निर्माण भएको सापकोटाले बताए । ‘हामीले जीवनका वास्तविक पात्रसामु पुगेर र अनुसन्धान गरेरै कथा बनाएका हौं तर फिक्सनको पक्ष पनि समावेश छ’ सापकोटाले भने, ‘हामीले यथार्थ अनुसन्धानलाई पनि मर्न दिएका छैनौं ।’

अभिनेता सुशिल श्रेष्ठले पुरुष पात्रले पनि फिमेल लिड फिल्मलाई न्याय गर्न सक्ने बताए । ‘हुन त शान्ति (वर्षा शिवाकोटी पात्र यसको मुख्य छ’ उनले भने, ‘तर, पुरुषले पनि महिला पात्रलाई न्याय गर्न सक्छ भन्ने मलाई लाग्छ ।’ उनले सबैखाले जानरामा आफू अभ्यस्त बन्न सक्ने बताए ।

हेर्नूस पूर्ण अन्तवार्ता :

Share.

About Author

Leave A Reply