‘प्रेमगीत २’ ट्रेलर लन्च : हेर्नूस एक्सन र रोमान्सको मिश्रण

0

‘प्रेमगीत २’ ट्रेलर रिलिज भएको छ । साउन १३ गते प्रदर्शन हुने सिनेमाले सोमबार आयोजित प्रेसमिटमा ट्रेलर लन्च गर्‍यो । रोमान्टिक र एक्सन ड्रामाको ट्रेलरलाई उपस्थितले रुचाए ।

कास्ट एन्ड क्रिउले सिनेमाबारे सोधिएका जिज्ञासा शान्त पार्दै प्रेमगीत २ बक्सअफिस र समिक्षात्मक दुबै कोणबाट अब्बल हुने बताए । निर्देशक रामशरण पाठकले फिल्मले नेपाल, थाइल्यान्ड र म्यानमारसँग जोडिएको प्रेम चित्रण गर्ने बताए ।

‘फिल्मका पात्रहरु सबै समाजसँग जोडिएका छन् । यहाँ थाइल्यान्डको प्रेम नेपालसँग छ र नेपालको प्रेम म्यानमारसँग छ । हरेक पात्रको उद्देश्य प्रेमसँग गाँसिएको छ र द्धन्द्ध प्रेमबाटै सुरु छ’ निर्देशक पाठकले भने ।

अभिनेताको रुपमा डेब्यु गरेका निर्माता सन्तोष सेन एक्सन अवतारमा देखिएका छन् । ट्रेलरमा आफूलाई भिलेनको रुपमा देखाइएपनि वास्तविक पात्रको परिचय भने फिल्मले दिने उनले बताए । उनले निर्माणमा सम्झौता नगरिएको बताए ।

अभिनेता प्रदीप खड्का फिल्ममा प्रेमको रोलमा छन् । उनले एप्पल संस्थापक स्टिभ जब्सको अभिव्यक्ति सापटी लिँदै भने, ‘पहिलो भागमा प्रेमका लागि बलिदानको प्रसंग थियो । यसपटक बलिदानले मात्र हुँदैन भन्ने देखाइएको छ ।’

डेब्यु अभिनेत्री अश्लेषा ठकुरीले दर्शकको प्रतिक्रिया सुन्न आफू आतुर भएको बताउँदै सिनेमा हेरिदिन दर्शकलाई आग्रह गरिन् । ‘म दर्शकको रिभ्यू सुन्न आतुर छु र फिल्म दर्शकको मन जित्ने ढंगले बनेको छ’ उनले भनिन् । झन्डै २ मिनेट लामो ट्रेलरमा म्यानमार, नेपालको रारा र थाइल्यान्डका मनोहर दृश्य समेटिएको छ ।

आशुसेन फिल्मस प्रोडक्सनको ब्यानरमा सिनेमा बनेको हो । सहनिर्माता हाइलाइट्स नेपालका ओम गुरुङ हुन् । बनिश शाह र भूपेन्द्र अधिकारीको सम्पादन, पुरुषोत्तम प्रधानको छायांकन, निर्देशक पाठककै पटकथा र संवाद समेटिएको छ ।

Share.

About Author

Leave A Reply