राजेश हमाल यसरी बनाउँदैछन् फिल्म (भिडियोसहित)

0

राजेश हमालले निर्देशन गर्ने सिनेमा चाँडै छायांकन हुने तयारीमा छ । हमालले पटकथाको ड्राफ्ट तयार भैसकेको बताए । ‘हामी छिट्टै फ्लोरमा जाने तयारीमा छौं’ उनले भने, ‘जसलाई म आफै निर्देशन गर्दैछु ।’

नेपाललाई सन्देशसहितको मनोरञ्जन पेश गर्ने सिनेमा आवश्यक भएको बताउँदै हमालले आफूले पेश गर्ने सिनेमाले श्रमिक वर्गको कथा भन्ने बताए । ‘जसले विदेशमा दुःख पाएका छन्, जीवनमा बाँच्न संघर्ष गरिरहेका छन्, उनीहरुको कथामा मनोरञ्जन मिलाएर फिल्म बनाउनेछु’ हमालले भने ।

तर, आफूले बनाउने सिनेमाको मुख्य उद्देश्य मनोरञ्जन नै हुने महानायक कथन छ । पछिल्लोपटक आफूलाई मनपरेको फिल्म जात्रा पनि करिब उस्तै भएको र त्यसले सन्देश एवं मनोरञ्जन समेटेको उनले बताए ।

छायांकन निश्चित नभैसकेको र निर्माण टीम मिलेर लगानी गर्ने हमाल योजना छ । स्क्रिप्ट लेखन समाप्त भैसकेपछि कास्ट तय गरिने उनले बताए । अभिनेत्री फाइनल नभैसकेको उनले बताए । उनी स्वयमले अभिनय गर्छन् वा गर्दैनन् ? हमाल यसबारे मौन छन् ।

२५ वर्ष लामो फिल्म करियरमा झन्डै दुईसय सिनेमा खेलेका हमाल पहिलोपटक सिनेमा निर्माणमा अग्रसर भएका हुन् । उनी पछिल्लो समय अभिनयभन्दा फिल्मको निर्माण, लगानी, बजार र प्रवद्र्धनको क्षेत्रमा चासो व्यक्त गरिरहेका छन् ।

Share.

About Author

Leave A Reply