‘छक्का पञ्जा २’ टीजर ट्रेलर इन्टरनेट रिलिज

0

‘चालिस कटेसी रमाउँला…’हेमन्त रानाको यो गीतको चर्चा इन्टरनेटदेखि चौतारीसम्म भयो । यतिसम्मकी ‘छक्का पञ्जा २’ ले टीजर ट्रेलरमै गीत समावेश गर्‍यो ।

निर्माताले गीतको कपिराइट किनेको समेत चर्चा भयो । सिनेमाको थीमसँग मिल्ने देखिएकाले गीतको प्रयोग भएको ठम्याइ छ । टीजर केही महिना पहिले हलमा रिलिज भएको थियो । शुक्रबार भने इन्टरनेटमा रिलिज भएको छ ।

दीपाश्री निरौला निर्देशित सिनेमामा स्वस्तिमा खड्का, दीपकराज गिरी, बुद्धि तामाङको मुख्य भूमिका छ । युवाको वैदेशिक रोजगारी मोह चित्रण गर्ने सिनेमा दर्शकमाझ प्रतीक्षित बनेको छ ।

हेर्नूस टीजर ट्रेलर :

Share.

About Author

Leave A Reply