दीपक–दीपासँग पहिलोपटक महजोडी, यसरी भयो सम्भव (भिडियो)

0

महजोडीलाई गुरु मान्छन् दीपकराज गिरी र दीपाश्री निरौला । करियरमा यी कलाकारलाई सँगै सिनेमा खेल्ने मौका मिलेन । कुनै न कुनै रुपमा प्रोजेक्टमा आबद्ध भएपनि अभिनय चान्स मिलेको थिएन ।

सानो विज्ञापन नै सहि, चन्द्रागिरी हिल्सका लागि बनाइएको टेलिभिजन कमर्सियलमा यी चार एकसाथ फ्रेमिङ भए । अभिनय करियरका यी चर्चित जोडीलाई उक्त टीभीसीमा एकसाथ देख्न सकिन्छ ।

‘महजोडीको पछाडि भएपनि उभिन पाउनु मेरा लागि गर्वको कुरा हो’ अभिनेता गिरीले भने, ‘विज्ञापन भएपनि हामीले सँगै खेलेका छौं । यसलाई मैले महत्वपूर्ण अवसरको रुपमा लिएको छु ।’

दीपाश्री निरौलाले समेत यस अर्थमा खुशि व्यक्त गरिन् । महजोडीले दीपक र दीपालाई उनीहरुको आगामी फिल्म छक्का पञ्जा २ लागि शुभकामना दिए । हरिवंशले दीपाले निर्देशन गर्ने आगामी फिल्ममा आफू कुनै पात्रको भूमिकामा प्रस्तुत हुने बताए ।

दिनेश डीसीले निर्देशन गरेको कमर्सियल चन्द्रागिरी हिल्सका लागि तयार गरिएको हो । आयोजित समारोहमा कम्पनी संचालक चन्द्र ढकाल र मीनबहादुर गुरुङले योजना सार्वजनिक गर्दै चन्द्रागिरी डाँडोमा विकासका पूर्वाधार निर्माण गर्न लागिएको बताए ।

हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply