‘प्रेमगीत २’ को ट्रेन्डिङ कथा : उतारचढाव हुँदै शीर्ष स्थानमा

0

यस्तो लाग्छ, युट्युव नेपाली सिनेमा हाइपको एउटा मापदण्ड बन्दैछ । नभए, हेर्नूस ‘प्रेमगीत २’ ट्रेलर जसको ट्रेन्डिङ चार दिनमा निकै उतारचढावपूर्ण बन्यो । दोस्रो अनि सोह्र हुँदै पुनः शीर्ष स्थानमा ।

नेपाली नगण्य रहेका दक्षिण अमेरिकी मुलुकबाट डिस्लाइक प्राप्त गरेको ट्रेलर शीर्ष स्थानमा उक्लिएको हो । जुन डिस्लाइकलाई यसअघि नै निर्माण कम्पनी आसुसेन फिल्मसले आपत्तिपूर्ण भनिसकेको छ । ‘ट्रेन्डिङको अर्थ दर्शकले हामीलाई रुचाएका छन् र इन्गेज छन्’ डेब्यु अभिनेता एवं निर्माता सन्तोष सेनले भने ।

साउन १३ प्रदर्शनका लागि तय छ । उक्त डेटमा यो देशभक्ति प्रेमकथा नेपालसहित विश्वका विभिन्न मुलुकमा रिलिज हुँदैछ । क्लोज स्क्रिनिङमा क्रिटिक्स एवं टीमले फिल्म हेरिसकेका छन् र हरियो झन्डा देखाइसकेका छन् ।

प्रदीप खड्का, अश्लेषा ठकुरी, सन्तोष सेन, कैलाश कट्वाल, राजाराम पौडेल अभिनित सिनेमालाई रामशरण पाठकले निर्देशन गरेका हुन् । रेड स्टुडियोमा यसको धमाधम सम्पादन भैरहेको छ ।

Share.

About Author

Leave A Reply