सोनीले काठमाडौंमा ‘स्पाइडरम्यान’ प्रिमियर गर्ने

0

हलिउड सुपरहिरो सिनेमा ‘स्पाइडरम्यान : होम कमिङ’को रेडकार्पेट प्रिमियर काठमाडौंमा हुनेभएको छ । सोनी पिक्चर्सको अनुमतिमा एप्पल इन्टरटेनमेन्टले आगामी २२ गते बेलुका क्यूएफएक्समा प्रिमियर गर्न लागेको हो ।

जोन वाट्स निर्देशित सिनेमाको प्रिमियरमा काठमाडौंस्थित सेलेव्रिटी र कर्पोरेट उद्यमी सहभागि हुने एप्पल इन्टरटेनमेन्टले जनाएको छ । ‘हामी प्रिमियरका लागि जुटेका छौं’ क्वेस्ट इन्टरटेनमेन्टकी जेनिस पहारीले भनिन्, ‘सकेसम्मै सबै सेलेव्रिटी र व्यक्तित्वलाई उपस्थित गराउनेछौं ।’

रिलिजको पूर्वसन्ध्यामा प्रिमियर हुन लागेको हो । यसअघि मार्भल पिक्चर्सकै लोगन, कुङ्फु पान्डा, बोस बेबी प्रिमियर भैसकेका छन् । टम हल्यान्ड, माइकल किटन स्टारर सिनेमा नेपाली मल्टिप्लेक्समा प्रतीक्षित बनिरहेको छ ।

Share.

About Author

Leave A Reply