भुइँमान्छे : ट्रेलरमा नेपाली पोस्टमार्टमको फ्याक्ट र फिक्सन

0

मेडिकल ड्रामा सिनेमा ‘भुइँमान्छे’को अफिसियल ट्रेलर लन्च भएको छ । कास्ट एन्ड क्रिउ उपस्थितीमा सार्वजनिक ट्रेलरमा रमेश उप्रेती, सिपोरा गुरुङ लगायत चित्रित छन् ।

भदौ २ गते रिलिज हुने सिनेमाले एक शल्यचिकित्सकको द्धन्द्ध र मनोविज्ञान चित्रण गर्छ । ‘यसले नेपाली चिकित्सा क्षेत्रको विकृतिलाई उजागर गर्छ’ निर्देशक एवं पटकथा लेखक नवराज बुढाथोकीले सोधिएको जिज्ञासामा भने ।

उनले फिल्ममा फिक्सन र तथ्य दुबैलाई समावेश गरिएको बताए । ‘एक पत्रिकामा लास संवाद पढेर मलाई फिल्म बनाउने कन्सेप्ट डिजाइन भएको हो’ उनले भने, ‘तथ्यभन्दा टाढा नगएर फिक्सन डिजाइन गरिएको छ । यसले मेडिकल विकृति उजागर गर्छ ।’

राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङ समेत मुख्य भूमिकामा छिन् । आफ्नो भव्य घरमा एक्लै बस्दै आएकी युवतीको भूमिकामा उनलाई देख्न सकिन्छ । ट्रेलरमा उनको रोमान्टिक क्षणलाई कैद गरिएको छ ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply