प्रेमगीत २ : सम्पादन सकियो, प्रदर्शनका लागि रेडी

0

‘प्रेमगीत २’ अब रिलिजका लागि रेडी छ । रेड स्टुडियोमा सोमबार अश्लेषा ठकुरी र सन्तोष सेनले अन्तिम स्वरांकन भरे । ‘अब प्रयत्न पब्लिसिटीमा केन्द्रित गर्छौं’ निर्देशक रामशरण पाठकले भने ।

साउन १३ गते रिलिज हुने सिनेमाले सम्पादनका सबै विधागत कामलाई पूर्णता दिएको हो । यसमा डबिङ, रङ संयोजन, पाश्र्वध्वनी र सम्पादन छन् । आयोजित प्रेस भेटघाटमा अभिनेत्री ठकुरी र निर्माता एवं अभिनेता सेन डबिङ दिँदै गरेको अवस्थामा भेटिए ।

‘डबिङ गर्दै जाँदा बीचैमा छाडुँकी जस्तो भएको थियो तर हिम्मत हारिन’ अश्लेषा सुनिइन्, ‘या त म जोडले चिच्याउनुपर्ने, जोडले हाँस्नुपर्ने संवेदनामा उत्रनुपर्ने थियो । गर्दै जाँदा फिलिङ्सले काम सम्पन्न गर्न सक्यो ।’ उनी फिल्ममा बर्मेली युवतीको भूमिकामा छिन् ।

निर्माता एवं अभिनेता सन्तोष सेन ट्रेलरमा हेर्दा एक क्रुद्ध पात्रको भूमिकामा छन् । उनी उस्तै साइकोलोजी सिक्वेन्समा स्वर भर्दै थिए । अभिनेता प्रदीप खड्काले भने यसअघि नै डबिङ सम्पन्न गरिसकेका छन् ।

उल्टो गणना सुरु भएको छ र देशभक्ति प्रेमकथा बोकेको सिनेमा अब प्रदर्शनका लागि तयार छ । निर्देशक पाठकले सिनेमाले आफूलाई समेत विश्वस्त तुल्याएको बताए ।

Share.

About Author

Leave A Reply