सौगातले खुलाए सृष्टिसँगको अफेयर, भन्छन् : एकअर्कालाई चाहन्छौं

0

मायालाई लुकाउन कहाँ सकिन्छ र ? सौगात मल्लले पनि आफ्नो प्रेमलाई मिडियासामु पोखे । पहिलोपटक यी अभिनेताले सृष्टि श्रेष्ठ र आफू गम्भिर प्रेममा रहेको खुलासा गरे ।

माघ २८ गते रिलिज हुने ‘डाइङ क्यान्डल’ प्रवद्र्धनमा जुटेका एक्टरले सृष्टि र आफूले एकअर्कालाई धेरै माया गर्ने भन्दै डिप्लोम्याटिक जवाफ दिए । ‘मेरो यो भनाईले नै पुष्टि हुन्छ कि हामी कस्तो सम्बन्धमा छौं भनेर’ उनले अफेयरबारे खुलाए ।

सृष्टिसँगको फोन सम्पर्कका लागि आफूले बेग्लै स्काइ सीम लिएको खुलाउँदै उनले सुटिङ सेटमा हुँदा पनि एकले अर्काको हेरचाह गर्ने गरेको बताए । ‘हो, उनी र परिवारका लागि सीम लिएको हुँ’ उनले भने, ‘साथीभाइका लागि अलग्गै सीम छ ।’

यो लभबर्ड केही समयदेखि अफेयरमा छ । लालपुर्जा फिल्मदेखि उनीहरु नजिकिएका थिए । मूभि डेटदेखि पोखरासम्म उनीहरु मिडियासँग स्पटेड रहे । सृष्टिले भने आफूहरु मिल्ने साथी भएको बताएकी थिइन् ।

Share.

About Author

Leave A Reply