‘कृ’ टीजर पोस्टरमा अनमोलको एक्सन अवतार, बजेट ३ करोड पुग्यो

0

अनमोल केसी स्टारर ‘कृ’को फस्टलुक पोस्टर रिलिज भएको छ । केसी र डेब्यु गर्ल अदिती बुढाथोकीको मुख्य भूमिका रहने सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।

तिहारमा रिलिज हुने बताइएको सिनेमाको टीजर पोस्टरमा अनमोललाई एक्सन अवतारमा देख्न सकिन्छ । हलिउडको एक्सन लुक्स पोस्टरमा उनी छन् । निर्माता सुवास गिरीले रङ र डिजाइनमा हलिउड लुक्स दिन खोजिएको बताए ।

३ करोड बजेट बताइएको सिनेमाले आगामी साता टीजर ट्रेलर रिलिज गर्दैछ । फिल्ममा अनमोललाई एक अमेच्युअर बेलायती सैनिकको भूमिकामा देख्न सकिन्छ ।

Share.

About Author

Leave A Reply