‘कारखाना’ प्रिमियरमा सेलेब्स : वर्षाले जितिन् मन

0

सरोगेसी मुद्दामाथि बनेको सिनेमा ‘कारखाना’ प्रिमियर भएको छ । फेसबुकमा क्रियाशिल पेज वुमन्स रुम रिलोडेडले च्यारिटीसहित प्रथम प्रदर्शनी आयोजना गरेको हो ।

बागबजारस्थित सिटी म्याक्स हलमा आगन्तुकले फिल्म हेरे । प्रिमियरमा निर्देशक अमरदीप सापकोटा, अभिनेता सुशिल श्रेष्ठ र अभिनेत्री वर्षा शिवाकोटी लगायत उपस्थित रहे ।

‘दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गरेँ’ निर्देशक सापकोटाले भने, ‘दर्शकले आफू भावुक भएको बताउनुभयो । यो हाम्रा लागि सुखद पक्ष हो ।’ शुक्रबार रिलिज हुने सिनेमा प्रिमियरमा अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला समेत थिए ।

सरोगेसी कथा उठान गरेको सिनेमाको मुख्य पात्रमा वर्षा छिन् । सुशिल श्रेष्ठ एक्सन अवतारमा जमेका छन् । डेब्यु निर्देशक सापकोटा निर्देशित फिल्म शुक्रबार देशव्यापी प्रदर्शन हुँदैछ ।

Share.

About Author

Leave A Reply