प्रेमगीत २ : अफिसियल पोस्टर रिलिज, भोलिदेखि देश कन्सर्ट

0

‘प्रेमगीत २’ सुन्न तयार हुनूस । साउन १३ गते रिलिज हुने सिनेमाले औपचारिक पोस्टर सार्वजनिक गरेको छ । टौवा क्रिएसनद्धारा रचित पोस्टरहरु ग्लसी एवं आकर्षक महसुस हुन्छन् ।

प्रदीप खड्का, अश्लेषा ठकुरी र सन्तोष सेन चित्रित पोस्टरले प्रेमकथाको ढाँचा पेश गर्छ । टौवा क्रिएसनका अनुसार प्रेमकथा चित्रण हुने कोणबाट पोस्टर डिजाइन गरिएको हो ।

रामशरण पाठक निर्देशित सिनेमाले देश दौडाहा थाल्नुअघि पोस्टर रिलिज गरेको हो । तनहुँको दमौलीदेखि सुरु हुने कन्सर्ट टुर पोखरा, नेपालगंज हुँदै पूर्वी सहरतर्फ अघि बढ्नेछ । १५ भन्दा बढीको टुर टोलीलाई निर्माता सन्तोष सेनले नेतृत्व गर्नेछन् ।

पोस्टप्रोडक्सन सम्पन्न भएको छ र अब लभस्टोरी फिल्म देशव्यापी दौडाहामा निस्किएको छ । नेपाल, म्यानमार र थाइल्यान्डमा सुट गरिएको सिनेमाले देशव्यापी प्रचार दौडाहालाई वास्तविक दर्शकसामु पुग्ने माध्यम भएको बताएको छ ।

Share.

About Author

Leave A Reply