प्रेम गर्न उमेरले छेकेन, ‘भुइँमान्छे’ गीत रिलिज (भिडियो)

0

आगामी भदौ २ गते रिलिज हुने सिनेमा ‘भुइँमान्छे’को नयाँ गीत ‘जिन्दगी एउटा गीत हो…’ रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेका शब्द एवं प्रमोद खरेलको स्वर छ ।

रमेश बुढाथोकी र सिपोरा गुरुङ फिचर गीतमा रोमान्टिक भाव प्रस्तुत गरिएको छ । फिल्ममा रमेशले सिपोरालाई एकोहोरो मनपराउँछन् । यो उमेरको आधारमा यो अनमोल सम्बन्ध फिल्ममा चित्रण गरिएको छ ।

नवराज बुढाथोकीको निर्देशन र पटकथा रहेको सिनेमालाई हेल्थ एवं साइकोलोजिकल ड्रामामा राखिएको छ । हेर्नूस गीत :

Share.

About Author

Leave A Reply