नेपालमा ‘स्पाइडरम्यान’ प्रभावशाली (बक्सअफिस)

0

हलिउड सिनेमा ‘स्पाइडरम्यान : होम कमिङ’ नेपाली बक्सअफिसमा प्रभावशाली देखिएको छ । बृहत अपेक्षाबीच सुपरहिरो सिनेमाले तीन दिनमा ६० लाख ग्रस कमायो ।

यसलाई एप्पल इन्टरटेनमेन्टको व्यवसायिक विजयको रुपमा लिइएको छ । किनपनि भने एप्पलकै अघिल्लो वितरण वन्डर वुमनले टिकट झ्यालमा १ करोड ग्रस कारोबार गरेको थियो ।

काठमाडौं, पोखरा, नारायणगढसहितका मल्टिप्लेक्समा रिलिज भएको सिनेमालाई बालसहित एडल्ट दर्शकले रुचाएका छन् । ‘व्यापारदेखि खुशि छौं’ एप्पलका बसन्त मानन्धरले भने ।

चौंथो दिनसम्म बक्सअफिसको दोस्रो स्थानमा यो हलिउड फ्रेन्चाइज छ । पहिलो स्थानमा अहिलेपनि घरेलु सिनेमा धनपति करोडभन्दा माथिको ग्रससहित छ ।

जोन वाट्स निर्देशित सिनेमालाई क्रिटिक्सले समेत रुचाएका छन् । मुख्य अभिनयमा टम हल्यान्ड, माइकल किटन, रोबर्ट डाउने जुनियर, मारिसा टमी लगायत छन् ।

Share.

About Author

Leave A Reply