बक्सअफिस : पाँच फिल्मले कति कमाए ?

0

सप्ताहन्त घरेलु सिनेमा ‘म यस्तो गीत गाउँछु’ शीर्षस्थानमा उभिएको छ । हलिउडको ‘स्पाइडरम्यान’ दोस्रो र नेपाली फिल्म ‘सायद २’ तेस्रो स्थानमा छ । चौंथो स्थानमा बलिउडको ‘जग्गा जासुस’ छ ।

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु’ले सप्ताहन्त २ करोड ७० लाख ग्रस कमाएको विवरण वितरकले दिएका छन् । वितरक मनोज राठीका अनुसार मोफसलबाट करोड र काठमाडौं टेरिटोरीबाट १ करोड ७० लाख कमाई भएको वितरक गोपाल कायस्थले बताए ।

दुर्गिश फिल्मसको लभस्टोरी सिनेमा ‘सायद २’ ले पहिलो सप्ताहन्त ५५ पर्दाबाट ३० लाख २६ हजार ग्रस कमाएको छ । सोमबारदेखि धरान, धनगढी, बुटवल, नेपालगंज, दाङ र पोखरामा ‘सायद २’ अग्रणी छ । फिल्मलाई क्रिटिक्सले रुचाएका छन् ।

हलिउड सिनेमा ‘स्पाइडरम्यान : होम कमिङ’ दोस्रो सप्ताहन्त पनि अब्बल देखिएको छ । दोस्रो सप्ताहन्तसम्म १ करोड ८ लाख ग्रस कमाएको एप्पल इन्टरटेनमेन्टले जनाएको छ ।

हलिउडकै अर्को साइन्स फिक्सन सिनेमा ‘वार फर दी प्लानेट अफ दी एप्स’ले सप्ताहन्त १५ लाख ग्रस कमायो । सुखद समिक्षाका बाबजुद फिल्मले मल्टिप्लेक्स आफूलाई सशक्त तुल्याइरहेको छ ।

दोस्रो सप्ताहन्त पनि ‘धनपति’ बक्सअफिसमा समानान्तर प्रदर्शनसँगै सशक्त देखिएको छ । दोस्रो आइतबारसम्म दीपेन्द्र खनाल निर्देशित फिल्मले १ करोड ६० लाख ग्रस कमाउन सक्यो ।

Share.

About Author

Leave A Reply