फ्राइडे रिलिज : शाहरुखको प्रेमकथा भर्सेस हलिउड साइन्स फिक्सन

0

शुक्रबार नेपाली बक्सअफिसमा थप दुई नयाँ सिनेमा रिलिज भएका छन् । शाहरुख खान स्टारर ‘जब ह्यारी मेट सेजल’ र हलिउडको ‘द डार्क टावर’ । ‘प्रेमगीत २’ एक्लै दोस्रो साताको दौडमा हुनेछ ।

भारतीय रोमान्टिक कमेडी फिल्म ‘जब ह्यारी मेट सेजल’मा शाहरुख र अनुष्का शर्मा मुख्य भूमिकामा छन् । इन्गेजमेन्ट औंठी खोज्दै दुई पात्रले गर्ने युरोपको भ्रमण कथा हो । उक्त यात्रामा सेजलले प्राप्त गर्ने स्वतन्त्रता र मायाको आभाष रिजोलुसन हो ।

एड्रिस एल्बा स्टाररर ‘द डार्क टावर’लाई निकोलाज आर्केलले निर्देशन गरेका हुन् । डार्क फेन्टासी र साइन्स फिक्सन जानरामा राखिएको सिनेमा स्टेफन किंगद्धारा लिखित उपन्यासमा आधारित छ ।

घरेलु बक्सअफिसमा विदेशीसँगै ‘प्रेमगीत २’ पनि प्रदर्शनरत छ । पहिलोजस्तै दोस्रो साता प्रवेशको बिहानीमा प्रदीप खड्का स्टारर फ्रेन्चाइजले उत्साहजनक ओपनिङ थालेको छ ।

Share.

About Author

Leave A Reply