इट्स अफिसियल : अनमोल स्टारर ‘कृ’ रिलिज पोस्टपोन्ड

0

इट्स अफिसियल ! अन्ततः अनमोल केसी स्टारर सिनेमा ‘कृ’को रिलिज डेट पोस्टपोन्ड भएको छ । निर्माता सुवास गिरीले प्रदर्शन कात्तिक २ गते नहुने कुरा पुष्टि गरे ।

छायांकन अझै बाँकी भएकाले उक्त मितिबाट फिल्म सर्ने जानकारी पोखराबाट उनले जानकारी दिए । ‘मनाङमा फिल्म सुटिङ गर्नुपर्ने । लमजुङ हुँदै जाने बाटो भत्किएकाले सुटिङ ढिलो हुनेछ । कात्तिक २ गते फिल्म आउँदैन’ उनले भने ।

उनले नयाँ मितिबारे वितरकसँग बसेर निधो गर्ने बताए । अहिले कृ युनिट पोखरामा छ । केही दिनअघि अनमोल कास्कीको हेम्जामा भेटिएका थिए । आज बिहान अभिनेत्री अदिती बुढाथोकीले अनमोलसँगको क्यान्डिड तस्विर सार्वजनिक गरेकी छन् ।

Share.

About Author

Leave A Reply