‘माइतीघर’ हिरोइन माला सिन्हा ५१ वर्षपछि काठमाडौं

0

‘माइतीघर’ अभिनेत्री माला सिन्हा शुक्रबार नेपाल आइपुगेकी छन् । अभिनेता पति चितम्बरप्रसाद लोहनीसँग काठमाडौंमा उत्रिएकी उनलाई निर्देशक दिनेश डीसी लगायतले विमानस्थलमा स्वागत गरे ।

डीसी प्रमुख रहेको एलजी सिने सर्कल अवार्डमा भाग लिन सिन्हा आइपुगेकी हुन् । पति समेत रहेका लोहनी माइतीघरका नायक थिए । अवार्ड समारोहमा माइतीघर टीमलाई सम्मान प्रदान गरिने भएको छ । २३ गते अवार्ड हुँदैछ ।

‘असाध्यै खुशि लागेको छ’ विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दा सिन्हाको पहिलो प्रतिक्रिया थियो । नेपालको कुन थलो मनपर्छ भन्ने प्रश्नमा उनले अफकोर्स डिल्लीबजार भनेर बताइन् ।

सन् १९३६ मा भारतको कोलकातामा जन्मिएकी सिन्हाले हिन्दी र बंगाली भाषी फिल्ममा समेत अभिनय गरेकी छन् । सन् १९५० देखि ७० सम्म उनको चर्चा बलिउडमा उत्कर्षमा थियो ।

Share.

About Author

Leave A Reply