श्वेताद्धारा बाढी पीडितलाई लाख घोषणा, नेफ्टा र निर्माताले पनि बढाए हात

0

श्वेता खड्काको फिल्म कान्छी बाढीपहिरो पीडितका लागि राहत संकलन गर्ने गजबको प्लेटफर्म पनि बन्यो । यी निर्मात्री एवं एक्ट्रेसले पूर्वी नेपालका बाढी पीडितका लागि आफ्नो सामाजिक संस्था श्वेताश्री फाउन्डेसनबाट १ लाख ५ हजार रुपैयाँ नगद प्रदानको घोषणा गरिन् ।

निर्माता संघका अध्यक्ष आकाश अधिकारीले संस्थाको तर्फबाट २५ हजार नगद प्रदानको घोषणा समेत गरे । उनको संस्था आशा नेपालको तर्फबाट पीडितलाई लत्ताकपडा र अन्य आवश्यक सामाग्री प्रदानको वचन पनि अधिकारीले दिए ।

चलचित्र प्राविधिक संघ नेफ्टाले ७५ हजार रुपैयाँ बाढी पीडितको लागि प्रदान गर्ने घोषणा गरेको छ । उक्त प्रेसमिटमा अध्यक्ष पुष्कर लामाले उक्त राशी प्रदान गर्ने बताए । अन्य सेलेव्रिटीले समेत मानवीय कार्यका लागि रकम घोषणा गरिरहेका छन् ।

Share.

About Author

Leave A Reply