नेपाल आइडल : को होला आज आउट ?

0

अदालतले आफूविरुद्धको मुद्दा खारेज गरिदिएपछि नेपाल आइडललाई भोट गन्ने बाटो खुलेको छ । जसअनुसार आज एकजना प्रतियोगी बाहिरिने भएका छन् ।

निवेदक यज्ञमणी न्यौपानेले पर्याप्त दाबी तथा आधार पेश गर्न नसकेको भन्दै जिल्ला अदालत काठमाडौंले टेलिभिजन एपी वानविरुद्ध आदेश दिएको हो । यसअघि शुक्रबारसम्म भोट नगन्न आदेश जारी थियो ।

न्यायाधीश दिवाकर भट्टराईको एकल इजलासले अघिल्लो पटक जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने निर्णय गरेको हो । नेपाल आइडलले हिजोको कार्यक्रममा गतसाता सुनाइएको भोटकै आधारमा नतिजा सुनाइने र कम भोट बाहिरिने बताएको थियो ।

अहिले नेपाल आइडलमा प्रताप दास, निशान भट्टराई, सागर आले र बुद्ध लामा प्रतिस्पर्धी छन् ।

Share.

About Author

Leave A Reply