अनमोलले हलमै मनाए फ्यानसँग भ्यालेन्टाइन : तस्विहरु

0

‘कृ’ले आइतबार बेलुका कुमारी हलमा विशेष सो आयोजना गरेको छ । मिडिया, सेलेब्स र फ्यान खचाखच र प्रदर्शनीमा अनमोल केसी, अदिती बुढाथोकी र अनुपविक्रम शाही आकर्षण बने ।

कृ स्पेसल सो प्रणय दिवसमय बन्यो । कलेज ड्रेसमै फ्यान अनमोल र अनुपलाई गुलाबको फूल दिन लामबद्ध देखिन्थे । अनमोलले रोज फूल ग्रहण गरे अनि फ्यानलाई आलिगंन गरे ।

फिल्म हेर्न सरोज खनाल, किरण केसी, सीताराम कट्टेल, कुञ्जना घिमिरेसहितका सेलेव्रिटी उपस्थित थिए । निर्माण एवं निर्देशकले प्राप्त प्रतिक्रियाले आफूहरुलाई ऊर्जा दिलाएको बताए । सुरेन्द्र पौडेल निर्देशित, भुवन केसी र सुवास गिरी निर्मित सिनेमा ११८ हलमा प्रदर्शन भैरहेको छ ।

Share.

About Author

Leave A Reply