‘कृ’ पहिलो सप्ताहन्त ब्यापार : तीन दिने कूल कमाइ (बक्सअफिस)

0

पहिलो सप्ताहन्त एक्सन ड्रामा ‘कृ’ घरेलु बक्सअफिसमा प्रभावशाली देखिएको छ । निर्माताले फस्ट विकेन्डको ग्रस आम्दानी प्रकाशमा ल्याएका छन् ।

सप्ताहन्त (शुक्रबार, शनिबार र आइतबार) ग्रस कलेक्सन ३ करोड ३९ लाख रहेको जनाइएको छ । कूल कमाइमा मोफसल र राजधानी टेरिटोरीको हिस्सा १५ र २० प्रतिशतको अनुपातमा देख्न सकिन्छ ।

शुक्रबार : ६६ लाख ६८ हजार
शनिबार : १ करोड ७७ लाख
आइतबार : ९५ लाख ५२ हजार
कूल ग्रस : ३ करोड ३९ लाख

मंगलबार शिवरात्रीको सार्वजनिक बिदाको दिनमा फिल्मको ब्यापर स्थिर हुने अनुमान गर्न सकिन्छ । अनमोल केसी, अदिती बुढाथोकी र अनुपविक्रम शाही स्टारर सिनेमा मुलुकका १ सय १८ हलमा प्रदर्शनरत छ ।

Share.

About Author

Leave A Reply