अस्कर विजेता ‘स्पटलाइट’ विहिबार काठमाडौंमा प्रदर्शन हुँदै

0

वर्ष २०१६ को अस्कर अवार्ड विजेता हलिउड सिनेमा ‘स्पटलाइट’ नेपाल प्रदर्शन हुने भएको छ । त्यतिबेला व्यवसायिक रिलिज हुन नसकेको फिल्मलाई चलचित्र समिक्षक समाज र अमेरिकी दुतावासले मिलेर प्रदर्शन गर्न लागेका हुन् ।

आगामी विहिबार बेलुका साढे पाँच बजे कुमारी हलमा निःशुल्क प्रदर्शनको आयोजना गरिएको छ । समाजको फिक्सन फिल्म सिरिज र दुतावासको क्लासिक सिरिजअन्तर्गत स्पटलाइट देखाइन लागिएको हो ।

बायोग्राफिकल सिनेमालाई टम म्याकार्थीले निर्देशन गरेका हुन् । मार्क रफेलो, माइकल किटन, रचेल म्याकआडम्स, लिब स्रेइवर अभिनित सिनेमाको वास्तविक घटनालाई चित्रण गर्छ ।

अमेरिकी अखबार बोस्टन ग्लोबले स्थानिय क्याथोलिक चर्चमा हुने गरेको बाल यौन दुराचारको घटनाको कभरेजका लागि पत्रकारले गरेको संघर्ष पेश गर्छ ।

Share.

About Author

Leave A Reply