‘पशुपति प्रसाद’ निर्देशक बादी महिलामाथि फिल्म बनाउँदै

0

कवियत्री एवं आख्यानकार सरस्वती प्रतिक्षाको नयाँ रिलिज पुस्तक नथियामाथि सिनेमा निर्माण हुने भएको छ । दीपेन्द्र के. खनालले निर्देशन गर्ने सिनेमामार्फत गीतकार भूपेन्द्र खड्का निर्माताको रुपमा डेब्यु गर्दैछन् ।

गतसाता प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बुकहिलद्धारा प्रकाशित पुस्तक लन्च भएको थियो । जहाँ, निर्देशक खनाल र निर्माता खड्काले पुस्तकमाथि सिनेमा एडप्टेसन हुने घोषणा समेत गरे ।

वादी महिलाको जीवन चित्रण गर्ने सिनेमाले उनीहरुको राजनीति, समाज, संस्कृति, मनोविज्ञान र यौन दासताबाट मुक्त हुन भएको संघर्ष पेश गर्छ । ‘उपन्यासले हामीलाई प्रभावित तुल्याएकाले सिनेमा बनाउने निधो गरेका छौं’ खनालले भने ।

डीएस डिजिटल (शर्मिला पाण्डे) र भूपेन्द्र खड्काले मिलेर सिनेमा निर्माण गर्न लागेका हुन् । दीपेन्द्रको प्रोजेक्ट चंगाचेट निर्माण सम्पन्न भएपछि पटकथा लेखन सुरु हुनेछ । २०७५ को मध्यबाट फिल्म छायांकन सुरु हुने खनालले जनाए ।

आख्यानकी मुख्य पात्र सामलीको लागि सुहाउने युवती अभिनेत्रीको खोजी सुरु भएको छ । ‘यो विशुद्ध महिला प्रधान फिल्म हुनेछ र फेस्टिभलका लागि टार्गेट हुन्छ’ खनालले भने, ‘पात्र, कथ्य संरचना, घटनाक्रम निकै रोचक छन् । कसरी सौन्दर्य पनि अभिशाप हुन्छ भन्ने चित्रण यसले गर्छ ।’

Share.

About Author

Leave A Reply