‘जय भोले’ छायांकन सुरु : स्वस्तिमा, सौगात र खगेन्द्रले दिए ओपनिङ सट्

0

कमेडी एवं सोसल ड्रामा सिनेमा ‘जय भोले’को छायांकन मंगलबारदेखि पूर्वी नेपालको झापादेखि सुरु भएको छ । अर्जुनधारा जलेश्वरधाम शिव मन्दिरमा मुहूर्तसँगै छायांकन सुरु भयो । उक्त मन्दिर महाभारतमा अर्जुनले वाण प्रहार गरेर पानी निकालेको प्रसंगसँग वर्णित छ ।

शिवरात्री छेकोमा सुटिङ थालनी भएको हो । यससँगै दशकपछि बरिष्ठ निर्माता, निर्देशक र अभिनेता अशोक शर्माको पुनरागमन भएको छ । शर्मा निर्देशकको रुपमा मितिनीपछि फर्किएका हुन् ।

उक्त मन्दिरबाटै ओपनिङ दृश्य छायांकन भयो । झापाको शनिश्चरे बजार, शीतलाबस्ती, गैरीगाउँ लगायतमा पहिलो दिन सुट भएको शर्माले जनाए । स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने र बुद्धि तामाङले मंगलबार छायांकन गरे ।

चालिस दिने तालिकाअन्तर्गत सिनेमाले पूर्वी नेपालमा आफूलाई व्यस्त राख्नेछ ।

सिनेमाको रिलिज मिति आगामी दशैं फूलपातिमा तय गरिएको छ । सलोन बस्नेत, राजाराम पौडेल पनि मुख्य भूमिकामा छन् । फिल्म वल्र्ड प्रालि र एए ग्रुप अफ कम्पनिजको ब्यानरमा फिल्म बन्न लागेको हो ।

दुई केटा साथीबीचको भावनात्मक मित्रता र प्रेमको कथा फिल्मले भन्छ । १ करोड ६० लाख बजेट छ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ ।

Share.

About Author

Leave A Reply