लिलिबिली : शीर्ष गीतमा प्रदीप–जसिताको भ्यालेन्टाइन मुड

0

भ्यालेन्टाइन छेकोमा ‘लिलिबिली’ले शीर्ष गीत रिलिज गरेको छ । घुम्न जाऊँ इन्जिन गाडीमा बोलको गीतमा प्रदीप खड्का र जसिता गुरुङ फिचर छन् । पूर्ण छायांकन बेलायतमा गरिएको छ ।

एसडी योगीको स्वर र संगीत रहेको गीतलाई एकतारेले लेखेका हुन् । सुदीप बरालको छायांकन रहेको गीतमा कविराज गहतराजको डान्स कोरियोग्राफी छ ।

निर्माताले यस गीतमा कभर डान्स प्रतिस्पर्धा समेत आह्वान गरेको छ । युट्युवमा सर्वाधिक भ्युज प्राप्त गर्ने कभर भिडियोलाई नगद रु. १ लाख प्रदान गरिने भएको छ ।

प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायत मुख्य भूमिकामा छन् । मिलन चाम्स निर्देशित सिनेमालाई नेपाल, लन्डन, टर्की लगायतका थलोमा खिचिएको छ ।

चाम्स इन्टरटेनमेन्ट, काफिया फिल्मस र सुदीप खड्का प्रोडक्सनको ब्यानरमा बनेको रोमान्टिक सिनेमा चैत ३० गते देशव्यापी प्रदर्शन हुने तयारीमा छ ।

Share.

About Author

Leave A Reply