क्यूएफएक्सको आठौं हल छायाँ मल्टिप्लेक्स खुल्ने तयारीमा

0

मुलुकको प्रमुख मल्टिप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्को आठौं आउटलेट चाँडै राजधानीको ठमेलमा खुल्ने तयारीमा छ । अन्तिम तयारीमा जुटेको क्यूएफएक्सले केही सातामै तीन अडिटोरियमसहितको अत्याधुनिक हल छायाँलाई प्रदर्शनमा ल्याउँदैछ ।

व्यवस्थापन र निर्माणको अन्तिम तयारी भैरहेको क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए । क्यूएफएक्स अप्रेसन विभाग प्रमुख सुरेन्द्र थापाका अनुसार सम्भवतः दुई सातामै हल पूर्ण संचालनमा आउन सक्छ ।

यसलाई मुलुककै अत्याधुनिक प्रविधि जडान र सुविधायुक्त हल बताइएको छ । थापाका अनुसार गुणस्तरिय ध्वनी र दृश्य, दर्शकीय सुरक्षाको उपकरण, अग्नि नियन्त्रणसहितका उपकरण जडान गरिएको जनाइएको छ । ठमेलको केन्द्रमा खुलेको हल छायाँ मलमा अवस्थित छ ।

यसअघि क्यूएफएक्सका जयनेपाल, कुमारी, सेन्ट्रल र लबिमसहित उपत्यकामा चार आउटलेट संचालनमा छन् । मोफसलको पोखरा, नारायणगढ र नेपालगंजमा समेत हल छन् । नेपाली फिल्म बजारमा कूल कमाइको झन्डै आधा सेयर क्यूएफएक्स चेनबाट आउने विश्वास गरिन्छ ।

Share.

About Author

Leave A Reply