अब नेपालमा ‘को बन्छ करोडपति’ | राजेश हमालले होस्ट गर्ने

0

नेपालमा चाँडै ‘को बन्छ करोडपति’ टेलिभिजन रियालिटी सो प्रसारण हुने भएको छ । आगामी जेठबाट एपीवान च्यानलले विश्वमा रुचाइएको यो सो प्रसारण गर्न लागेको आयोजित प्रेसमिटमा जनाइयो ।

अभिनेता राजेश हमालले उक्त सो होस्ट गर्ने भएका छन् । सन् १९९९ मा अमेरिकाको एबीसी टेलिभिजनले ‘हु वान्ट्स टु बी अ मिलेनियर’ नामसँगै सो प्रसारण थालनी गरेको थियो ।

भारतमा अमिताभ बच्चनले होस्ट गर्ने ‘कौन बनेगा करोडपति’ उत्तिकै लोकप्रिय छ । एसआरबीएन मिडिया प्रालिले प्रसारणका लागि फ्रेन्चाइज खरिद गरेको हो । मनोरञ्जनसँगै शिक्षा दिइने उद्देश्य लिइएको छ ।

Share.

About Author

Leave A Reply