दीपिका–इरफानको नेपाल भ्रमणमा ढिलाइ

0

भारतीय अभिनेता इरफान र अभिनेत्री दीपिका पादुकोणको प्रतीक्षित नेपाल भ्रमण ढिलिएको छ । दुबै कलाकारको स्वास्थ्यमा समस्या आएपछि मार्च ५ देखि नेपालमा छायांकन हुने भनिएको फिल्म ‘सपना दिदी’को तालिका पनि केही महिना पछि सरेको छ ।

निर्देशक विशाल भारद्धाजले आफ्नो फेसबुक वक्तव्यमार्फत यस्तो जानकारी दिएका हुन् । उनका अनुसार इरफान जन्डिसले थलिएका छन् भने दीपिकालाई पद्मावत सुटिङताका लागेको ढाडको चोटको समस्या पुनः बल्झिएको छ । दुबैलाई ठीक हुन हप्तौं लाग्छ ।

यसकारण छायांकनलाई केही महिना पर सारिएको भारद्धाजले उल्लेख गरेका छन् । ग्याङस्टर महिला विषयमा बन्न लागेको सिनेमा मार्चमा नेपालमा हुने तयारी थियो । दीपिकालाई चिकित्सकले समेत केही समय आराम गर्न सल्लाह दिएका छन् ।

Share.

About Author

Leave A Reply