२५ वर्षपछि बदलिएको छवि ओझाको मुड : हेर्नूस भिडियो

0

२३ औं फिल्म रिलिजको तयारीमा छन् छवि ओझा । यी पाका निर्माता जसले २५ वर्षअघि ‘युगदेखि युगसम्म’ बनाए । २०७५ सालको बिन्दुसम्म ‘मंगलम’ बनेको छ ।

यसबीच बागमतीमा धेरै पानी बग्यो । फिल्म भन्ने शैलीमै नयाँ प्रयोग भए । प्रविधि भित्रिए । मल्टिप्लेक्स कल्चर बन्यो । डिजिटलले क्रान्ति नै ल्यायो । तर, छविको फिल्म बनाउने स्टाइलमा बदलाव आएन । किन ?

‘विस्तारै बुझ्दैछु र पढ्ने क्रम सकिएको छैन’ हालैको एक दिउँसो मैतीदेवीमा खुलेको कान्तिपुर फिल्म एकेडेमीमा छवि सुनिए । उनी अहिले २५ फागुनमा रिलिज हुन लागेको मंगलम प्रवद्र्धनमा व्यस्त छन् ।

छविसँगै थिए निर्देशक नवल नेपाल । महिला प्रधान र पारिवारिक ड्रामा बनाउन खप्पिस नवललाई लाग्छ, भावना सबैको एउटै हुन्छ । उनी किन फिमेल प्रोटागोनिस्ट फिल्म बनाउन रुचाउँछन् ? छवि र नवलले सोधिएका धेरै जिज्ञासा शान्त पारे । हेर्नूस भिडियो :

Share.

About Author

Leave A Reply