‘मिस्टर भर्जिन’गीत ‘टुल्की’ भिडियो सार्वजनिक

0

‘मिस्टर भर्जिन’मा समावेश ’टुल्की’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । केही दिनअघि अडियो सार्वजनिक गरिएको गीतको आइतबार काठमाडौँमा कार्यक्रम बीच भिडियो सार्वजनिक गरिएको थियो ।

गीतमा सुरज पण्डितको स्वर ,शब्द र सङ्गीत रहेको छ । भिडियोमा चलचित्रका मुख्य कलाकारहरू गौरव पहारी,विजय बराल, कमलमणि नेपाल, भोलाराज सापकोटा, रविन्द्र झाको साथै श्रद्धा प्रसाई, स्मिृती पोख्रेल र इलियन मरान्डाको अभिनय रहेको छ । वोर्ल्ड वाइड फिल्म्स डिस्ट्रिव्यूसन प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘मिस्टर भर्जिन’लाई विशारद बस्नेत निर्देशन गरेका हुन् ।

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायाङ्कन, विक्रम स्वाँर. दीपक याम सिंहको कोरियोग्राफी,सुरज पण्डित, श्रीकृष्ण बम मल्ल, बुलेट फ्लो, आधा सुर, आर जे, मिस्टर प्रिन्सको सङ्गीत र मिलन डी. काप्रीले सम्पादन छ ।

तीन युवाको यौन मनोविज्ञानको कथालाई लिएर निर्माण भएको ‘मिस्टर भर्जिन’मा खिलेन्द्र तिमल्सिना, प्रजापति सिवाकोटी, मुकेश रेग्मी र बिशारद बस्नेतको लगानी रहेको छ भने सह निर्मातामा सन्दिप उप्रेती छन् । चलचित्रको रिलिज मिति छिट्टै घोषणा गरिने भएको छ ।

Share.

About Author

Leave A Reply