बलिउड अभिनेत्री श्रीदेवीको ‘डुबेर’ मृत्यु !

0

बीबीसी । बलिउड अभिनेत्री श्रीदेवीको मृत्युका बारेमा नयाँ दाबी सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको मृत्यु प्रमाण पत्रमा उनको मृत्युको ‘डुबेर’ भनिएको छ ।

यसअघि कार्डिएक अरेस्टका कारण अभिनेत्री श्रीदेवीको मृत्यु भएको बताइएको थियो । चर्चित अभिनेत्री श्रीदेवीको २४ फेबु्रुअरीको राति दुबईमा मृत्यु भएको थियो । उनी आफ्ना भतिजाको विवाहमा सहभागि हुन परिवारका साथ दुबई गएकी थिइन् ।

‘गल्फ न्यूज’ का अनुसार दुबई प्रहरीले श्रीदेवीको परिवार र भारतीय दूतावासका लागि जारी गरेको प्रतिवेदनमा मृत्युको कारण ‘दुर्घटनावश डुब्नु’ लेखिएको छ । यो समाचार तयार पार्दसम्म श्रीदेवीको पार्थिव शरीर भारत ल्याइएको छैन । पोस्टमार्टम रिपोर्ट र बाँकी औपचारिकता पूरा गरेपछि मात्रै शव भारत ल्याइने बीबीसीले जनाएको छ ।

५४ वर्षिया श्रीदेवीले फिल्मी करियरका दौरानमा झण्डै तीन सय फिल्महरुमा काम गरेकी थिइन् । श्रीदेवीको जन्म १३ अगस्ट १९६३ मा तमिलनाडुमा भएको थियो । उनले चार वर्षकै उमेरमा तमिल फिल्म ‘कंधन करुणई’ बाट फिल्मी करियरको शुरुआत गरेकी थिइन् ।

Share.

About Author

Leave A Reply