आयुष्मानको सरप्राइज बर्थडे देखेपछि जब प्रियंका रोइन

0

अभिनेत्री प्रियंका कार्कीले मंगलबार तीसौं जन्मदिन सेलिव्रेट गरेकी छन् । उनको जन्मदिन खास रह्यो । विशेषगरि, प्रेमी एवं अभिनेता आयुष्मान देशराज जोशीले प्रियंकाका लागि सरप्राइज बर्थडे दिलाए ।

आयुष्मान र प्रियंका । तस्विरहरु : रमाइलो छ युट्युव

प्रियंकालाई लिन आयुष्मान बग्गी लिएरै प्रियंका घरमा पुगेका थिए । प्रियंकाका लागि अवश्य पनि यो रोचक एवं सरप्राइज थियो । आयुष्मानले आफूभित्रको माया प्रस्तुत गर्ने रुपमा बग्गी सरप्राइजलाई लिएका छन् ।

कुराकानीमा प्रियंका भावुक मात्र होइन, रोइन पनि । कुरा गरिरहँदा उनका आँखा रसाए, आयुष्मानको हात समाइन् अनि काँधमा ढाडस लिइन् । जोडीका लागि यो रोमान्टिक क्षण थियो ।

Share.

About Author

Leave A Reply