फिल्मले भेटाइदियो बाबुराम र नारायणकाजीलाई

0

सत्ता राजनीतिमा उनीहरु पक्ष र प्रतिपक्ष हुन् । प्रतिनिधि सभा चुनावमा पनि हारजितको ठूलै संघर्ष भयो । त्यसयता प्रायः भेटघाट नहुने यी दुई राजनीतिक प्राणीलाई फिल्मले भेटाइदियो ।

एउटा आकस्मिक संयोग : बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले एकसाथ फिल्म हेरे । शनिबार बेलुका सिभिल मलमा पत्नी हिसिला यमी र सहयोगी विश्वदीप पाण्डेलाई लिएर अक्षयकुमार अभिनित भारतीय फिल्म ‘प्याडम्यान’ हेर्न पुगेका बाबुरामको भेट श्रेष्ठसँग भयो ।

दुबैले फोटो खिचाए, कफी पिए, पपकर्न खाए अनि फिल्म हेरे । हल व्यवस्थापक विनोद पौडेलले यी दुई नेताले सँगै फिल्म हेरेको जानकारी दिए । उनका अनुसार संयोगवश हलमा भेट भएको थियो । बाबुराम प्रायः फिल्म हेर्छन् तर श्रेष्ठ भने कहिलेकाहिँ ।

Share.

About Author

Leave A Reply