ब्लाइन्ड रक्स : जीवनभन्दा अग्लो फिल्म

0

‘ब्लाइन्ड रक्स’ हेरेपछि बीबीसी नेपाली सेवाका पूर्वप्रमुख सुमन खरेल भन्दै थिए : कतिपय फिल्म यस्ता हुन्छन् जसलाई अंकमा तौलन सकिन्न ।’ खरेलको यो एक लाइन टिप्पणीले झन्डै दुई घन्टा लामो बायोपिक फिल्मलाई परिभाषित गर्छ ।

उक्त टिप्पणीले राम्रा फिल्मलाई बक्सअफिस अंकभन्दा माथि बसेर हेर्नुपर्ने सन्देश पनि दिन्छ । आक्रामक व्यापार ओपनिङ नगरेपनि सृष्टि केसीको जीवनमाथि बनेको फिल्मले दर्शकीय मन भने जित्यो । खासगरि, आमा र छोरीको सम्बन्धको निर्माण र दृष्टिविहिनको संघर्षलाई दर्शकले रुचाए अनि रोए ।

मिलन चाम्स निर्देशित फिल्मको सकारात्मक पाटो, यसको ‘इमोसन ट्रान्सफर’ हो । पात्रहरुको विकास र संघर्षले भावना सम्प्रेषण मात्र गर्दैन, सृष्टि केसीको जीवनभित्रै दर्शकलाई छिराइदिन्छ । यो मनोवैज्ञानिक अन्तक्रियाको उठान निर्देशकले गरिदिएका छन् ।

नेपालमा बायोपिक दुर्लभ बन्छन् । गायक भक्तराज आचार्यको जीवनमाथि बनेको आचार्यपछि नेपाली दर्शकले ब्लाइन्ड रक्स हेर्न पाएका छन् । दृष्टिविहिन केसीलाई फिल्मले प्रचार मात्र गरिदिएन, यससँगै दर्शकले उनका उत्प्रेरणात्मक वचन पनि सुन्ने अवसर पाए ।

ब्लाइन्ड रक्सको मुख्य पाटो अभिनय हो । बायोपिक भन्ने वित्तिकै आख्यानको पर्खाल हुन्छ । केसीको भूमिकामा बेनिशा हमालले अभिनय गरेकी छन् । सृष्टिकै जीवनमा रुपान्तरण हुन उनले गरेको संघर्ष दर्शनीय छ । कतिपय दर्शकले बेनिशाको कार्यलाई अवार्ड विनिङको कामको रुपमा विश्लेषण गरेका छन् ।

फिल्मलाई प्रवद्र्धन गर्न लन्डनबाट नेपाल आइपुगेका निर्माता निकेश लिम्बु दर्शकीय मायाबाट पुलकित छन् । उनी चाँडै अर्को प्रोजेक्ट घोषणा तयारीमा जुटेका छन् । ‘रातो घर’ र ‘हँसिया’ निर्माताको तेस्रो फिल्मले दर्शकको माया भने पायो ।

Share.

About Author

Leave A Reply