नाका : नेपाल–चीनबीचको यथार्थ फिक्सन

0

नेपाली दर्शकले एउटा बिर्सनलायक फिल्म हेर्ने मौका पाए । जसलाई बक्सअफिसको डिजिटसँग दाँज्नु उचित हुँदैन । मिडिया पोर्टले निर्माण गरेको ‘नाका’सँग फिल्म दर्शकका खास अपेक्षा थिए ।

फिक्सन र फ्याक्टका दुई विशेषता बुनिएको फिल्मको सशक्तता यसको मानवीय मूल्यको खोजी, त्यसबाट सिर्जित इमोसन ट्रान्सफर र त्यसले उठान गरेको नेपाल–चीनबीचको मुद्दा हो ।

चीनले तिब्बत कब्जा गरेपछि दलाइ लामासँगै भारतको धर्मशाला भाग्न खोज्नेको लर्कोको विन्दु नाकासम्म आइपुगेको छ । छिमेकी नेपाल एक चीन नीतिमा प्रतिबद्ध छ जसले नेपाल हुँदै धर्मशाला पुग्न चाहने तिब्बतीको यात्रालाई गैरकानुनी मान्छ ।

यो क्राइसिसलाई नेपाली साइडका ग्याङस्टरले व्यापार बनाएका छन् । पैसासामु उनीहरुका लागि मानवीय मूल्य नगण्य हो । क्राइसिसमै व्यापार हुने हो । नाकाको फिलोसोफी नेपाल–चीन कुटनीतिको एउटा ज्वलन्त हिस्सा हो । बाह्रबिसे भूगोल बाँचेका निर्देशक अमित श्रेष्ठले डिटेलिङ उतार्ने प्रयत्न गरेका छन् ।

फिल्मका पात्र श्यामश्वेत छन् र कतिपय ग्रे । खैरो रङमा पात्रको मनोविज्ञान बुनेर द्धन्द्धसँगै दर्शकलाई यात्रा गराउन सक्नुमा निर्देशक श्रेष्ठको सशक्तता देखिन्छ । यसपटक छड्केभन्दा आफूलाई परिपक्व निर्देशकको रुपमा स्थापित गरेका छन् ।

प्रोटागोनिस्ट सोनम पात्र केही संवादबाहेक बोल्दिनन् । उनलाई ९५ प्रतिशत समय म्युट तुल्याइएको छ । द्धन्द्ध अघि बढ्दै जाँदा प्रकाश गन्धर्व (हुनमान) र सोनमबीच सम्बन्धको विकास गरिएको छ कि दर्शकमा पात्रप्रति अपनत्व सिर्जना हुन्छ । विपिन कार्की आफ्नो पात्रमा लाउडसँगै तन्दरुस्त छन् ।

तर, नाकाको सशक्तता यसको मानवीय मूल्य नै हो । सेटिङ, ब्याकग्राउन्ड स्कोर, छायांकन र संवादको सौन्दर्यमा नाका बुनिएको छ । खासगरि, नेपाल र चीनबीचको कुटनीति एवं राजनीतिमा नाका सँधै अर्काइभ योग्य फिल्म बन्न सक्छ ।

Share.

About Author

Leave A Reply