१२ वर्षपछि गायनमा फर्किए अर्जुन कुमार

0

नेपाली उखान छ : १२ वर्षपछि खोलो पनि फर्कन्छ । अर्जुन कुमार पनि यतिका वर्षपछि पुरानै परिचयमा फर्किए । कुमारलाई तपाईं जे भन्न पनि सक्नुहुन्छ । जस्तो, फिल्म निर्माता, गायक, व्यापारी यस्तै ।

यसबीच उनको पहिचान फिल्मको निर्माताको रुपमा भएको छ । चपली हाइट, फिटकिरीसँगै उनले फाटेको जुत्ता बनाए । यसबीच उनले संगीतकारको भूमिकालाई रोकेका थिए । तर, लामो समयपछि गायन र संगीतकारको रुपमा कमब्याक भएका छन् ।

उनीद्धारा स्वर र संगीतबद्ध गीत ‘पागल…’को सांगीतिक भिडियो छायांकन अहिले काठमाडौंबाट दक्षिण पश्चिमको थलो फर्पिङमा भैरहेको छ । निकेश खड्काले निर्देशन गरिरहेको भिडियोमा प्रतीकमान श्रेष्ठ र ब्रिस्टी गुरुङ फिचर छन् । खड्का र कुमारले ‘फाटेको जुत्ता’मा टीमअप गरेका थिए ।

Share.

About Author

Leave A Reply