अमेरिकाले नेपाली फिल्मको संरक्षण गर्ने | लग्यो ‘प्रेमपिण्ड’को सक्कली प्रिन्ट

0

अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयले दुई ऐतिहासिक नेपाली फिल्महरु ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को सक्कल प्रति लगेको छ । संरक्षण गरि राख्ने भन्दै फिल्म लगिएको निर्देशक यादव खरेलले जानकारी दिए ।

राणा शासनकाल दर्शाउने विषयवस्तु समेटिएको दुबै फिल्मले नेपालको कला र भाषा जोगाउने आशा विश्वविद्यालयले लिएको खरेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

निर्देशक यादव खरेल । तस्विर : कान्तिपुर

उक्त युनिभर्सिटीसँग लाइब्रेरी अफ कंग्रेसपछि अमेरिकाकै दोस्रो ठूलो पुस्तकालय छ । विज्ञप्तीमा जनाइएअनुसार युनिभर्सिटीका फिल्म एन्ड टेलिभिजन अर्काइभका निर्देशक डा. जाँ क्रिस्टोफर होराकले नेपाली इतिहास र भाषाको विकासक्रम बुझ्न फिल्म सहायक हुने बताएका छन् ।

नेपालमा ती फिल्मको उचित संवद्र्धन र संरक्षण हुन नसकेकाले आफूले सक्कल प्रति नै दिएको खरेलले बताए । तापक्रम र अन्य प्राविधिक कुरा मिलाएर राख्नु भनेपछि खुशि हुँदै फिल्म दिएको खरेल कथन छ । अर्काइभले यी दुबैलाई डिजिटल फम्र्याटमा समेत राख्ने भएको छ ।

बालकृष्ण समको नाटकमा आधारित रहेर खरेलले निर्देशन गरेको प्रेमपिण्ड (२०५०) मा एक राणा जर्नेलको आफ्नै दासीप्रतिको प्रेमको कथा छ । २०५६ सालमा बनेको आदिकवि भानुभक्तमा भानुभक्तको जीवन कथा पर्दामा उतारिएको छ ।

Share.

About Author

Leave A Reply