प्रदीप–जसिता मल्टिस्टारर ‘लिलिबिली’ ट्रेलर लन्च

0

मल्टिस्टारर फिल्म ‘लिलिबिली’को अफिसियल ट्रेलर लन्च भएको छ । मंगलबार राजधानीमा आयोजित प्रेसमिटमा रोमान्टिक ड्रामाको ट्रेलर सार्वजनिक गरियो ।

हेर्नूस ट्रेलर :

प्रदीप खड्का, जसिता गुरुङ, प्रियंका कार्की, अनुपविक्रम शाही, सविन श्रेष्ठ लगायत मुख्य भूमिकामा छन् । बेलायत र टर्कीको रमणीय थलोमा छायांकन गरिएका दृश्य ताजा र स्वादिला लाग्छन् ।

फिल्ममा डेब्यु गर्ल जसिता र प्रदीपको पात्रबीचको प्रेमलाई दर्शाउन खोजिएको छ । सरप्राइजस्वरुप प्रियंका प्रदीपको प्रेममा आउँछिन् । अनुपविक्रमलाई भिलेनको रुपमा देखाइएको छ । छोटो दृश्यमा सविनलाई जसितासँग देख्न सकिन्छ ।

चैत ३० गते रिलिज हुने फिल्मलाई मिलन चाम्सले निर्देशन गरेका हुन् । चाम्ससहित गोविन्द शाही र सुदीप खड्काको निर्माण रहेको फिल्मलाई वर्षकै प्रतीक्षित फिल्मको रुपमा लिइएको छ ।

Share.

About Author

Leave A Reply