दयाहाङ राई स्टारर ‘भैरे’ गीत ‘सान्नानी’ लन्च (भिडियो)

0

फिल्म ‘भैरे’को नयाँ गीत ‘सान्नानीलाई भेट्न आउँदा…’ रिलिज भएको छ । शुक्रबार राजधानीमा आयोजित संवाददाता सम्मेलनमा रोमान्टिक गीत लन्च गरियो ।

हेर्नूस गीत :

बसन्त सापकोटाको शब्द र संगीत रहेको गीतमा यम बराल, सापकोटा र मेलिना राईको स्वर छ । नृत्य निर्देशन कविराज गहतराजले गरेका छन् ।

एभरेस्ट सूर्य बोहोराको निर्देशन रहेको फिल्ममा दयाहाङ राई, सुरक्षा पन्त, सुनिल थापा, अनुभव रेग्मी लगायतको अभिनय छ । जेठ १८ गते फिल्म देशव्यापी रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply