बायोपिक ‘बबी’को अफिसियल टीजर ट्रेलर लन्च

0

बायोपिक फिल्म ‘बबी’को अफिसियल टीजर ट्रेलर लन्च भएको छ । मिलन चाम्स निर्देशित फिल्म टीजरमा मुख्य कलाकार उमेश थापा, कविता गुरुङ, विजय लामा लगायत चित्रित छन् ।

थापा र गुरुङको वास्तविक प्रेमकथालाई एडप्ट गरिएको फिल्मलाई नर्वे र पोखरामा छायांकन गरिएको छ । टीजरमा समेत नर्वेका हिमाली दृश्यलाई आकर्षक ढंगले फिल्मांकन गरिएको छ ।

इन्जिनियर थापा र होटल व्यवस्थापन विद्यार्थी गुरुङले जातिय र वर्गीय अवरोधका बाबजुद विहे गरेका थिए । निर्देशक चाम्सले जीवनका वास्तविक पात्रलाई पर्दामा ल्याएका हुन् ।

यसै महिना उनले दृष्टिविहिन सृष्टि केसीको जीवनमाथि बायोपिक बनाएका थिए । बबी टीजरले केही महत्वपूर्ण प्लट उठान गरेको छ । विजय लामालाई उनका रिल बुवाको रुपमा चित्रण गरिएको छ । चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्माण गरिएको फिल्मको नेपाल रिलिज मिति भने तय गरिएको छैन ।

Share.

About Author

Leave A Reply