जोन अब्राहम स्टारर ‘रोमियो अकबर वाल्टर’ छायांकन नेपालमा हुने

0

जोन अब्राहमको मुख्य भूमिका रहने बलिउड फिल्म ‘रोमियो अकबर वाल्टर’को छायांकन नेपालमा हुने भएको छ । बलिउड व्यापार विश्लेषक तरण आदर्शले खबर पुष्टि गरेका हुन् ।

नेपालसहित भारतको गुजरात र श्रीनगरमा समेत फिल्मांकन हुने जनाइएको छ । सन् १९७१ को भारत पाकिस्तान युद्धलाई फिल्मले चित्रण गर्ने उल्लेख छ ।


रबी ग्रेवालले निर्देशन गर्ने फिल्ममा जोनले मुख्य भूमिकामा अभिनय गर्ने जानकारी आदर्शले ट्वीटरमार्फत जनाएका छन् । जुन १ देखि छायांकन सुरु हुने फिल्मको तालिका ६० दिन लामो छ ।

Share.

About Author

Leave A Reply