साम्राज्ञी शाह स्टारर ‘तिमीसँग’ ट्रेलर लन्च

0

साम्राज्ञी शाह स्टारर रोमान्टिक ड्रामा ‘तिमीसँग’को अफिसियल ट्रेलर लन्च भएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले फिल्मबारे जानकारी दिलाए ।

साम्राज्ञी, नाजिर हुसेन र आकाश श्रेष्ठ फिचर ट्रेलरले फिल्मभित्रका केही प्लटलाई रहस्योद्घाटन गरिदिएको छ । निर्देशक समेत रहेका शिशिर राणा समेत फिचर छन् ।

तीन पात्र अन्नपूर्ण आधार शिविरको ट्रेकिङमा जाँदा हुने द्धन्द्ध फिल्मको कथावस्तु हो । विदेशबाट नेपाल घुम्न आएकी युवती पात्र पदयात्राको क्रममा केटा पात्रसँग प्रेममा परेपछि हुने द्धन्द्ध यसको कथावस्तु हो ।

पत्रकार प्रश्नको जिज्ञासा शान्त पार्दै पटकथा लेखक समेत रहेका राणाले यस्तै कथावस्तुभन्दा भिन्न र ताजा तत्व यसमा समावेश भएको बताए । अन्नपूर्ण शिविरको ताजा दृश्यले दर्शकीय मन छुने उनको कथन छ ।

अभिनेत्री शाहले आफूलाई सामान्य पात्रको भूमिकामा अभिनय गर्न मन लाग्ने गरेपनि सँधै लार्जर द्यान लाइफका फिल्मको अफर मात्र आउने गरेको बताइन् । चैत २३ गते फिल्म रिलिज हुँदैछ ।

Share.

About Author

Leave A Reply