‘चिल्ड्रेन अफ द स्नोल्यान्ड’ले जित्यो नेपाल मानवअधिकार फिल्म फेस्टिभल

0

बेलायती फिल्म ‘द चिल्ड्रेन अफ दी स्नोल्यान्ड नेपाल मानव अधिकार फिल्म फेस्टिभलमा सर्वोत्कृष्ट भएको छ । जारा बलफार र मार्कस स्टेफेन्सन निर्देशित ९० मिनेट लामो फिल्मले इन्टरनेसनल ननफिक्सन खण्डतर्फ पुरस्कार जित्यो ।

फिल्मले नेपालको हिमाली जिल्लामा जन्मिएका असाधारण केटाकेटीको कथा भन्छ । अभिभावक विहिन बालबालिकाको जीवनमा कसरी शिक्षाले परिवर्तन ल्याउँछ र टीनएज उमेरमै उनीहरु कसरी ट्रेकिङमा सहभागि हुन्छ भन्ने कथा भन्छ ।

उत्कृष्ट अन्तराष्ट्रिय फिक्सन फिल्म अवार्ड भने टर्की र इरानी फिल्म ‘इट् रेइन्ज स्लोली’ले जित्यो । सइद नेजाति मिसेलिना निर्देशित फिल्मले १९८० को दशकमा एक शिक्षकले स्वतन्त्रताको लागि कसरी विद्यार्थीलाई अभिप्रेरित गर्छन् भन्ने कथा पेश गर्छ ।

नेपाली ननफिक्सन अवार्ड भने दीपक तोलांगे निर्देशित ५० मिनेट लामो फिल्म ‘छारो : डस्ट’ले जित्यो । इट्टा भट्टमा काम गर्ने बालबालिको कथा यसले पेश गर्छ । फिक्सनतर्फ भने श्रीलता राणा निर्देशित ‘बाँध : लेट हर ब्रीथ’ले जित्यो ।

सबै विजेताले ४० हजार नेरुसहित राइनो अवार्ड जिते । नेपाल मानव अधिकार आयोगका सदस्य सुदीप पाठकले विजयीलाई पुरस्कार बाँडे । राजेशप्रसाद खत्री निर्देशित ‘जलगेडी’ले जुरी अवार्ड जित्यो ।

Share.

About Author

Leave A Reply