‘नेप्टे’ ट्रेलर लन्च : दयाहाङ राईको भिलेन अवतार

0

दयाहाङ राई स्टारर फिल्म ‘नेप्टे’को अफिसियल ट्रेलर लन्च भएको छ । सोमबार आयोजित प्रेसमिटमा निर्माताले गीत र ट्रेलर प्रदर्शन गरे ।

चैत ३० गते रिलिज हुने फिल्मले यससँगै प्रवद्र्धन अभियानलाई तीव्र पार्ने जनाएको छ । निर्माता एवं फिल्मका मुख्य अभिनेता रोहित रुम्बाले फिल्ममा दयाहाङ खलपात्रको रुपमा प्रस्तुत भएको बताए ।

प्रायः फिल्ममा राईलाई नायकको रुपमा देख्न सकिन्छ । तर, नेप्टेमा उनको भूमिकालाई लिएर दर्शकलाई सरप्राइज हुने रुम्बा बताउँछन् । अभिनेता बुद्धि तामाङलाई एक्सन अवतारमा देख्न सकिन्छ ।

छुल्ठिम गुरुङ, अर्जुन गुरुङ, पूर्णिमा लामा, अरुणा कार्की र प्रनिशा सिलवालको मुख्य भूमिका रहेको फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । किरण माइकलको पटकथा छ ।

हेर्नूस ट्रेलर :

Share.

About Author

Leave A Reply